काभा भलिबल -अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, असोज २४ । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ ।

आज  दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो ।

पहिलो सेट नेपालले २५–१९ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमायो । यस्तौ चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो ।

अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्