काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल श्रीलंकासँग ३–० ले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ असोज ।  काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल आज आयोजक श्रीलंकासँग पराजित भएको छ ।]

आज भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले हिजो भएको खेलमा बंगलादेशलाई ३–१ ले र श्रीलंकाले साउदी अरबलाई ३–० ले हराएको थियो ।

नेपालले तेस्रो खेलमा भोलि अफगानिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले असोज २६ गते साउदी अरबसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई वटा टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्