बडादशैंको सातौ दिन आइतबार नेपाली सेनाद्धारा काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाइ

खबर बुक
  • ख-
  • ख+

काठमाटौं, असोज १६

बडादशैंको सातौ दिन आइतबार नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाई गरेको छ ।

हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो भने इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा लगाएतको उपस्थिति थियो ।

त्यसैगरी समारोहमा संबैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदुत लगायतको उपस्थिति थियो । नेपाली सेनाले प्रत्येक बर्ष फुलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्ने गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्