डेढ अर्ब लगानीमा पाेखरा लेकसाइडमा लक्जरी अपार्टमेन्ट बनाउँदै अतिथि, असारदेखि चल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। निजी लगानीमा स्थापना भएको अतिथी स्वीट्स प्रालिले पोखराको लेकसाइडमा लक्जरी अपार्टमेन्ट निर्माण गरिरहेको छ। कूल ७२ हजार ३ सय ३ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको अपार्टमेन्टमा ५१ वटा कोठाहरु हुने छन्।

जसमध्ये बिएचके–१ म १३, बिएचके–२ मा २६ र बिएचके–३ मा १ कोठाका साथै १ हेल्थक्लबसहित दुईटा टावर बनिरहेका छन्। लक्जरी अपार्टमेन्टमा हेल्थ क्वल,रुफटप पूल, रेस्टुरेन्ट, बेसमेन्ट पार्किङलगायतका अत्याधुनिक सुविधा रहेको अतिथीले जनाएको छ।

रियलस्टेट अपार्टमेन्ट परियोजना बनाउन १ अर्ब ३७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये ७८ करोड ७० लाख रुपैयाँ ऋण, संस्थापकबाट १९ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। अझै ४० करोड रुपैयाँ लगानी जुटाउन बाँकी छ।

अपार्टमेन्टमा ५७ प्रतिशत बैंकको ऋण र बाँकी ४३ प्रतिशत संस्थापकबाट हुने गरि लगानी संरचना तयार पारिएको छ। अतिथीले १ अर्ब ऋणको रेटिङ गराएको छ। गत असारसम्म ४७ प्रतिशत वित्तीय प्रगति भएको छ।

९० प्रतिशत भौतिक प्रगति भएको कम्पनीले जनाएको छ। अपार्टमेन्टमा इलेक्ट्रिकल, स्यानेटरी र फर्निसिङको काम जारी छ। अपार्टमेन्ट आउँदो माघ ( मध्य जनवरी) देखि आंशिक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। २०८१ असारदेखि अपार्टमेन्ट पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्य छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्