साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ , असोज १० । १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गोलले पराजित भयो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । अव फाइनल खेल भने शनिवार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्