काठमाडौं। सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनचाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम छ भने तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ। यस्तै आइतबार प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।











