एसियन गेम्सको महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ असोज । एसियन गेम्सको महिला फुटबलमा नेपालको राष्ट्रिय महिला टिम भियतनामसँग पराजित भएको छ ।

शुक्रबार समूह डीको खेलमा नेपाली महिला टिम भियतनामसँग २–० ले पराजित बनेको हो ।

खेलको ५३ औं मिनेटमा फाम हाइको गोलमार्फत  भियतनामले खेलमा अग्रता बनाएको थियो । गुयेनले ६४ औं मिनेटमा गोल गर्दै  भियतनामलाई २–० को जित दिलाईन् ।

जित सहित समूह डीमा  भियतनामले ३ अंक जोडेको छ । नेपालले समूह चरणमा जापान र बंगलादेशसँग खेल्नेछ ।

अर्को खेल सोमबार जापानसँग दोस्रो खेल खेल्नेछ ।

(नोट : यसअघि प्रकाशित समाचारमा भियतनामसँग हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्