१९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतकाे विजयी शुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, ४ असाेज । १९ वर्षमुनिकाे साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–० गाेलले हरायाे ।

पहिलाे हाफमा २ गाेल गरेकाे भारतले दाेस्राे हाफमा १ गाेल थप्याे । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १/१ गाेल गरे ।

याे जितसँगै समूह ‘बी’ मा रहेकाे भारतले ३ अङ्क जाेडेकाे छ । याे समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी साढे ५ बजे घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । याे समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्