नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १५

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय ९१ पिसिआर परिक्षणका क्रममा १७ जना र ७ सय ४१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ९६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ९ सय २५ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्