अर्थतन्त्र सुधारको संकेत, आर्थिक वृद्धि ४.३ प्रतिशत हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,  ३ असोज। चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र सुधार हुने संकेत देखिएको छ।

विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिमा सुधार आई ४.३ प्रतिशत पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशत रहेको एडिबीले जनाएको छ। २०२२ मा ५.६ र २०२१ मा ४.८ प्रतिशत आर्थिक वृद्धि भएको थियो।  सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। सरकारले राखेको लक्ष्य भन्दा कम आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ।

यस्तै मुद्रास्फिती पनि घटेर ६.२ प्रतिशत झर्ने अनुमान एडिबीको छ। गत वर्ष ७.७ प्रतिशत रहेको थियो। सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फितीलाई साढे ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। मुद्रास्फिती सरकारले लिएको लक्ष्य भन्दा कम हुने अनुमान एडिबीको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्