एसिया कप फाइनलमा श्रीलङ्काले टस जितेर ,भारतले बलिङ गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं,  ३१ भदौ ।  एसिया कप क्रिकेट २०२३ काे फाइनलमा श्रीलङ्काले टस जितेकाे छ ।

काेलम्बाेमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ राेजेपछि भारतले बलिङकाे निम्ताे पाएकाे हाे । श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

पूरै प्रतियाेगितामा जस्तै फाइनल खेलमा पनि वर्षाका सम्भावना रहेकाे छ । माैसम विभागका अनुसार साढे ६ बजेसम्म पानी पर्ने सम्भावना २७ देखि ४१ प्रतिशतसम्म छ । यस्तै बेलुकी साढे ६ बजेदेखि पानी पर्ने सम्भावना झन्डै ७७ प्रतिशत छ । बेलुकी साढे ७  देखि साढे ११ बजेसम्म पानी पर्ने सम्भावना १९ देखि २२ प्रतिशतसम्म छ ।

एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेकाे छ । यस्तै पाकिस्तानले २ पटक उपाधि जितेकाे छ । एसिया कपकाे याे १६ औँ संस्करण हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्