पेट्रोलमा १ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ र मट्टीतेलर डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको हो।

योसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ रुपैयाँ पर्ने छ। यस्तै डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ पर्ने छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

Petrol-new-price1694793796.jpg

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्