काठमाडौं, भदौ २० । बेलायतको लन्डनबाट चाँडै उडान सञ्चालन गर्न लागेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटबाट यात्रा गर्न २४ घन्टामा साढे १२ हजारजनाले टिकट बुकिङ गराएका छन्।
हिमालय जेटका अनुसार सेप्टेम्बर ४ बाट ५ भित्र ७ हजार ८ सय ५३ प्रिबुकिङमार्फत १२ हजार ४ सय ४२ यात्रुले विभिन्न अन्तर्राष्ट्रिय गन्तव्य जान टिकट बुकिङ गरेका हुन्। छोटो समयभित्र सर्वाधिक यात्रुले टिकट बुकिङ गरेपछि नयाँ रेकर्ड कायम भएको हो।
ती यात्रुले बेलायतको लन्डनबाट फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट, अस्ट्रेलियाको सिड्नी र काठमाडौं जान टिकट बुकिङ गरेको हिमालय जेटले जनाएको छ।
२४ घन्टाभित्र टिकट बुकिङ गरेका ती सबै यात्रुलाई १र१ हजार ‘हिमालय माइल्स’ प्वाइन्ट उपलब्ध गराइने हिमालयले जनाएको छ। त्यसैगरी सेप्टेम्बर ५ बाट १२ सम्म टिकट बुकिङ गर्ने यात्रुलाई पनि २ सय प्वाइन्टका दरले हिमालय माइल्स प्रदान गरिने छ।
नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले सञ्चालन गर्न लागेको हिमालय जेटले कम्पनीको ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड ९६ अर्ब ६४ करोड रुपैयाँ० बराबरको समझदारी गरिसकेको छ।











