काठमाण्डौ, भदौ १८ । एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ।
श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरूद्ध भएको थियो।
भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७।५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउँदा खेल अवरूद्ध भएको थियो।
वर्षाले खेल अवरूद्ध हुनुअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका थिए।











