भारतविरुद्ध प्रत्येक छक्का र विकेटमा एक लाख दिने घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १८ भदौ ।  एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले भारतसगँ प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजे हुने खेल श्रीलंकाको पालेकेले मैदानमा हुदैछ। यो खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ।

आजको खेलमा अर्ना बियरले नेपाली टोलीले प्रहार गर्ने प्रत्येक छक्का, चौका र विकेटका लागि टोलीलाई नगद पुरस्कार दिने भएको छ। अर्नाले सामाजिक सञ्जालमार्फत प्रत्येक छक्का र विकेटको १/१ लाख र चौकाको २५ हजार दिने घोषणा गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्