एसियन कप क्रिकेटः आज नेपालले भारतसँग ऐतिहासिक खेल खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ भदौं । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो ।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे पछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्