आयल निगमका दसैं बिदामा पनि खुला रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज
नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्