नेकपा एमालेको सचिवालय बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

अध्यक्ष ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुङ्गाईसक्नुभएको बताइएको छ । त्यस्तै एमालेले चुनावी घोषणापत्रलाई पनि अन्तिम रुप दिने तयारी गरेको छ ।

साउन २६ गते बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्