काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा परेका छन् ।

हिजो तीन हजार ४ सय ९ सवारी चालक कारबाहीमा परेका काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय ५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यसैगरी सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ जनालाई कारवाही गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्