भक्तपुर सितेरियो कराते संघ गठन

खबर बुक
  • ख-
  • ख
  • ख+

भक्तपुर, १० भदाैं । भक्तपुर जिल्ला सितेरियो कराते संघ गठन गरिएको छ ।शनिबार भक्तपुरमा भएको भेलाले राजन चित्रकारको अध्यक्षतामा  १९ सदस्यीय समिति गठन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा रामशरण त्वाती, उपाध्यक्षहरुमा उमेश श्रेष्ठ, कृष्णराम जाकिवंजार र विनयराम चण्डो रहेका छन् ।साथै महासचिवमा राजु सिं बजिको, सचिवहरुमा सचिदानन्द बनेपाली, पृथ्वी बासुकला र हरिकृष्ण प्रजापति रहेका छन् भने कोषाध्यक्षमा जितेन्द्र चक्रधर, सहकोषाध्यक्षमा शिवशरण कार्की रहेका छन् ।

सदस्यहरुमा चन्द्रकृष्ण प्रजापति, रञ्जन प्रधान, दीपेन्द्र ब्यान्जू, सूर्यबहादुर तामांग, सावित्री प्रजापति, कविता राजचल, सुमी श्रेष्ठ, गणेश सुकामनी र सुनिल नकर्मी रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्