तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैनः मौसमविद्

खबर बुक
  • ख-
  • ख+

मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ। मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ ।

यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो। मध्य मनसुनमा भन्दा पनि मनसुनको सुरुवात र अन्तिमतिर यसपालि धेरै पानी पर्यो ।

आज प्रदेश–१, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्