सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा बुधबारदेखि खसीबोका बिक्री सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १२

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि खसीबोका बिक्री सुरु गरेको छ ।

कम्पनीले यस बर्ष खसि बोका र च्याङ्ग्रा गरि २५ सय गोटा बिक्रि गर्ने लक्ष्य लिइएको जनाएको छ । कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० तोकेको छ ।

कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका बजार भन्दा सस्तोमा बिक्रि बितरण भइसकेको जानकारी दिनुभयो । उहाले खसी, बोकाको अभाव हुन नदिने र उपभोक्ताको माग अनुसार थप भित्राईने बताउनुभयो । कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको उहाले बताउनुभयो । कम्पनीबाट बिक्रि हुने खसीबोकाको स्वास्थ जाँच गरिएको उहाको भनाई छ ।

नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।

काठमाडौंमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्