सुनचाँदीको भाउ आज पनि बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ६ भदाै । सुनचाँदीको भाउ आज पनि बढेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ छ ।

आज तेजाबी सुन  एक लाख १० हजार ५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्