थाई एयरवेजले काठमाडौंमा पुनः उडान सञ्चालन गर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ भदौ ।  बैंकक स्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेजले काठमाडौंका लागि पुनः उडान सुरु गर्ने भएको छ ।

विश्वव्यापी कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौं उडान पुनः सञ्चालन हुन लागेको हो ।

नोभेम्बरबाट उडान सुरु गर्नेगरी कम्पनीले नेपालमा जनरल सेल्स नियुक्त गरेको छ । एजेन्सी सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको बजारको लागि कम्पनीले जनरल सेल्स एजेन्ट नियुक्त गरेको हो ।

सन् १९६८ को डिसेम्बरमा नेपालका लागि थाई एयरवेजले पहिलो पटक उडान सञ्चालन गरेको थियो । ‘थाइल्याण्ड र नेपालमा पर्यटन प्रवर्द्धनमा यसले मद्दत पुग्ने कम्पनीले जनाएको छ । सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्