भारतले भन्सार बढाएपछि एकै दिन प्याजको भाउ किलोमा २० रुपैयाँ बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ भदौं ।भारतले निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएपछि प्याजको भाउ एकै दिन प्रतिकिलो २० रुपैयाँले बढेको छ। कालिमाटी फलफुल विकास समितीका अनुसार प्याजको मूल्य सोमबार थोक मूल्य न्यूनतम् ७५ देखि अधिक्तम ८० रुपैयाँ पुगेको छ।

आइतबार सुकेको प्याजको मूल्य किलोको न्युनतम ६० देखि अधिकत्तम ६२ रुपैयाँ थियो। भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो। यो भन्सार शुल्क पुस ५ सम्म लागू हुनेछ।

संसारकै दोस्रो ठूलो परिमाणको प्याज उत्पादक भारतमा अगस्ट महिनामा एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादन घटेको थियो। मूल्यवृद्धिबाट जनतालाई राहत दिन भारतले प्याज निर्यातमा भन्सार लगाएको हो।

नेपालमा माग जति प्याज उत्पादन नहुँदा भारतको निर्भर हुनुपरेको छ। भारत सरकारको यो निर्णयले नेपाली उपभोक्तालाइ प्रत्यक्ष असर गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्