डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो (तालिकासहित)

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ३० साउन । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

इन्डियन आयल कार्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढेको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । ग्यास प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँ छ ।

तालिका हेर्नुहोला 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्