भारतको डुरान्ड कपमा त्रिभुवन आर्मीले आज दिल्लीसँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ साउन ।  भारतको डुरान्ड कप अन्तर्गत समूह ‘ई’ को खेलमा त्रिभुवन आर्मी क्लबले आज दिल्ली फुटबल क्लबसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

आर्मीले प्रतियोगितामा पहिलो खेल खेल्दा दिल्लीले भने दोस्रो खेल खेल्न लागेको हो । दिल्लीले यसअघि आइतवार भएको खेलमा हैदरावादसँग एक/एक गोलको बराबरी खेलेको थियो ।

हरेक समूहबाट समूह विजेता नकआउट चरणमा पुग्नेछ । छ समूह मध्येबाट उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्