काठमाडौं, २३ साउन । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालकाे शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे मच्छिन्द्र फुटबल क्लबले भुटानको शीर्ष डिभिजन लिग च्याम्पियन पारो एफसीसँगकाे खेलमा अग्रता लिएकाे छ ।
त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा भइरहेकाे खेलमा पहिलाे हाफ सकिँदा नेपालले ३–१ गाेलकाे अग्रता लिएकाे हाे । खेलकाे छैटाैँ मिनेटमा पाराेले अग्रता लिए पनि मच्छिन्द्रले उत्कृष्ट पुनरागमन गर्दै अग्रता लिएकाे हाे ।
पाराेका लागि काजुओ हाेमाले गाेल गरे । मच्छिन्द्रका लागि १२ अौँ मिनेटमा विमल घर्तीमगर, १५ औँ मिनेटमा आयुष घलान र ३९ औँ मिनेटमा गाेल गरे ।











