४ पटककाे च्याम्पियन अमेरिकालाई हराउँदै स्विडेन महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २१ साउन । ४ पटककाे च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५–४ गाेलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा पनि गाेल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

अमेरिका सन् १९९१, १९९९, २०१५ र २०१९ काे विजेता हाे । स्विडेनले भने एकपटक पनि उपाधि जित्न सकेकाे छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्