काठमाडौं, ११ साउन ।नेपाल राष्ट्र बैंकले लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको भए जानकारी गराउन ऋणीहरूलाई भनेको छ ।
केन्द्रीय बैंकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गरेको हो । लघुवित्तहरूले नेपाल राष्ट्र बैंकले ताकेको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको छ ।
यस्तै गैरकानूनी ढंगबाट सम्पत्ति लिलामी गरे तथा उद्यम व्यवसायमा असहयोग गरे भने पनि केन्द्रीय बैंकलाई सो बारे जानकारी गराउन अाग्रश गरेकाे छ ।











