सुन प्रकरणबारे सरकारको जवाफ माग्ने एमालेको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १० साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने भएको छ ।

बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको झण्डै सय किलो सुनबारे गृहमन्त्रीको जवाफ माग्ने निर्णय गरेको हो ।

साउन ३ गते राजश्व अनुसँधान विभागले सो सुन बरामद गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्