एमाले संसदीय दलको बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० साउन । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद भवन बानेश्वरमा बैठक बसिरहेको हो । बैठकमा एमालेले सुन प्रकरणबारे आफ्नो धारणा तय गर्नेछ ।

आज बुधबार १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको भएपनि बैठक बस्न सकेको छैन । एमालेले प्रतिपनधि सभा बैठक शुरु हुनु अघि सुन प्रकरणबारे आफ्नो धारणा तय गर्न लागेको हो ।

एमालेले प्रतिनिधिसभा बैठकमा राजश्व अनुसन्धान विभागले पक्राउ गरेको झण्डै एक सय किलो सुनबारे गृहमन्त्रीले जवाफ दिनु पर्ने बताउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्