काठमाडौ,९ साउन ।राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीसगं झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा सहयोग मागेको छ ।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग भइआएकाले अहिले प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई अनुसन्धानमा सहयोग गर्नका लागि पठाइएको जानकारी दिनुभयो ।
यसअघि विभागले आफ्नै अनुसन्धान टोली खटाएर सुन बरामद गरेको थियो भने अनुसन्धानको काम अघि बढाएको थियो ।











