निर्यात अनुदान कार्यविधि संशोधन, ५० करोड बढी निकासी गर्नेलाई ८ प्रतिशत अनुदान

खबर बुक
  • ख-
  • ख+

काठमाडौ : असोज ९
चालु आर्थिक बर्षको बजेटले घोषणा गरेको निर्यात अनुदानलाई सरकारले स्वीकृत गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको निर्यात अनुदान कार्यविधि संशोधन सरकारले स्वीकृत गरेको हो । गत शुक्रबार मन्त्रिपरिषद्को बैठकले संशोधन प्रस्ताव स्वीकृत गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको हो । कार्यविधि स्वीकृत भएको मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराउन भने बाकी रहेको उहाँको भनाई छ । कार्यविधि अनुसार न्युनतम अनुदान ४ प्रतिशत तोकिएको छ।

तर सबै वस्तुले अनुदान पाउँदैनन् । कार्यविधिले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । ४ प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मुल्य वृद्धि (भ्यालु एडिसन) गरेको हुनुपर्ने छ । यदि सो भन्दा कम मूल्य अभिवृद्धि गरेको छैन भने अनुदान पाउन योग्य नहुने उल्लेख छ । यदि मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् । यस्तै ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाउनेछन् । यस्तै राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्न सक्नेछ ।

यस्तै गत आर्थिक वर्षभन्दा २० प्रतिशत बढी निर्यात गर्छ भने अनुदानका लागि थप योग्य हुनेछ । यसैगरी कुनै कम्पनीले ५० करोडभन्दा बढीको निर्यात गर्छ भने ५० करोड पछिको निर्यातमा सिधै ८ प्रतिशत अनुदान प्राप्त गर्नेछ । तर पहिलो ५० करोड सम्ममा भने सर्तहरु लागू हुनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्