माग सम्बेधन नभए निर्माण व्यवसायीले साउन १५ मा प्रधानमन्त्री निवास घेर्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

नेपाल निर्माण व्यवसायी महासंघले साउन १५ गते प्रधानमन्त्री निवास घेराउ गर्ने भएको छ। साउन ५ गतेको निर्माण व्यवसायीको राष्ट्रिय भेलाले आन्दोलन मिति तय गर्दै १५ गते प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेको हो।

आइतबार पत्रकार सम्मेलन गर्दै ८ गतेबाट केन्द्र, प्रदेश र जिल्लाका सम्बन्धित कार्यालयमा ज्ञापनपत्र बुझाउन सुरु गरेर १४ र १५ गते धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ। ८ गते प्रधानमन्त्री र विकासे मन्त्रालयका मन्त्रीलाई अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने, ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला संघले जिल्ला प्रसाशन कार्यालयलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेको हो।

त्यस्तै साउन १० देखि १४ गतेसम्म राजनीतिक पार्टीका अध्यक्ष एवं केन्द्र, प्रदेश र जिल्लाका सरकारी निकायमा निर्माण व्यवसायीको मागका विषयमा जानकारी गराउने तयारी रहेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्