बरामद सुन परीक्षणका लागि टक्सार विभाग लगियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  ४ साउन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा बुधबार बरामद भएको झण्डै एकसय किलो सुन परीक्षणका लागि टक्सार विभागमा लगिएको छ ।

बिहिबार दिउँसो उक्त सुन परीक्षणका लागि बबरमहलस्थित बिभागमा लगिएको हो । सो परिमाणको सुन गत मंगलबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट नेपाल भित्र्याइएको थियो । राजस्व अनुसन्धान विभागले परीक्षणका लागि टक्सार विभागमा लगेको हो ।

टक्सार विभाग राष्ट्रबैंक अन्तर्गत रहेकाले सुनको परीक्षण गर्नका लागि राष्ट्र बैंकको टोली पनि विभागमा पुगेको छ । बरामद सुनको एकीन परिमाण भने टुंगो लागेको छैन । सुन प्रकरणमा एक जना भारतीय सहित ६ जना पक्राउ परेका छन् । बुधबार सो सुन भन्सारबाट जाँचपास गरेर बाहिर लैजाने क्रममा बरामद भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्