नेकपा एमाले का नेता शंखर पाेखरेलले नेपाली मिडियाहरुले पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा एमाले लाई समेत जोडेर कुप्रचार गरेको आरोप लगाउनु भएको छ ।
नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्य रहेको भए पनि नेपाली मिडियाले गलत प्रचार गरेको गुनाशो गर्नु भएको छ ।
उहाले देश बनाउन सक्ने पार्टी नेकपाएमाले हो भन्नेमा जनता अवगत रहेको दाबी गर्नु भएको छ ।
निर्वाचनमा जनताले विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए पनि विदेशीनेको संख्या झनै वृद्धी भएको छ । । अहिले देशमा रहेको विदेश जाने लर्काे नेकपा एमालेका कारण नभएको उहाले दाबी र्गनुर्भएको छ ।
उहाले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने बताउनुभएको छ ।











