सामाजिक सद्भाव बिथोल्ने ३९ जना प्रहरी नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन् । उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले बताए ।

शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ । त्यसबाहेक सिरहामा ५, सर्लाहीमा ९, पर्सामा १, महोत्तरीमा २ र सप्तरीमा १ जना नियन्त्रणमा छन् ।

धनुषा, महोत्तरी र सिराहामा बिहीबार पक्राउ परेका २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा छोडिएको प्रवक्ता काफ्लेले बताए । बिहीबार धनुषामा १२, महोत्तरीमा १० र सिराहामा १ जना पक्राउ परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्