काठमाडौं, ३१ असार ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) प्रणाली कार्यान्वयनमा ल्याउन तयारी शुरू गरेकाे छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरेकाे छ ।साउन १ गते बाट लागु गर्ने हिसाबले सरकारले तयारी स्वरूप अाइतबार नेपाल आयल निगमकाे बैठक बस्ने तयारी रहेकाे छ ।
स्वचालित मूल्य (अटोप्राइस) प्रणाली भन्नाले नेपालमा भारतबाट अाउने मुल्य सुचीका अाधारमा नेपालमा थपघट हुने प्रणाली भनेर बुझ्न सकिन्छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने व्यवस्था हाे ।
निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि स्वचालित मूल्य कार्यान्वयनमा गर्न सकेकाे छैन । साउन महिनादेखि स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले घाेषाणा गरेकाे छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ ।











