नेपाली महिला फुटबल टिमले बंगलादेशसँग मैत्रीपुर्ण प्रतिस्पर्धा गदै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३१ असार । आज नेपाल र बंगलादेश बिच महिला फुटबलमा प्रतिस्पर्धा हुदैँछ । बंगलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेवाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्