बिभिन्न्न ठाउँमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, दाङ र कैलालीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाण्डौको बसुन्धारामा ट्याक्सी र स्कुटर आपसमा ठोक्किँदा स्कुटर चालक को मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन्।

बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराति पौने २ बजे आपसमा ठोकिएका हुन्।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका ६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री दाङकै दंगिशरण गाउँपालिका ४ वैवाङका ५९ वर्षीय शालिकराम वलीको मृत्यु भएको छ।

तुलसीपुरबाट गुम्राह चोकतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

त्यस्तै कैलालीको टिकापुर नगरपालिका २ कोठारपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय ७० वर्षीय भोकारी थारुको मृत्यु भएको छ।

गएराति से ६ प ३१८१ नम्बरको मोटरसाइकलले थारु सवार साइकललाई ठक्कर दिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्