सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने

खबर बुक
  • ख-
  • ख+

सरकारले ‘नेपाल भ्रमण दशक’ मनाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि नेपाल भ्रमण दशक मनाउने निर्णय भएको हो ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२३ देखि २०३३ सम्म भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताउनुभयो ।

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो ।

तर, कोरोना महामारीका कारण भ्रमण वर्ष स्थागित गरिएको थियो ।

कोरोनाले प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक बढाउने सरकारको उद्देश्य रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्