सीके राउत नेतृत्वको जनमत पार्टी प्रवक्तामा सुरेन्द्रनारायण यादव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असार । जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।

केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्। यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।

उनका अनुसार बैठकले पार्टी प्रवक्ताको डा. शरदसिंह यादवलाई दिएको छ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्