आगामी आर्थिक बर्ष थप ९ सय मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुन्छः ऊर्जामन्त्री बस्नेत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक बर्ष थप ९ सय मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारणमा थप हुने बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्नको जवाफमा हरेक बर्ष विधुत उत्पादन बढ्दै जाने भन्दै अव आन्तरिक खपत बढाउदै लैजाने समेत बताउनुभयो ।

ऊर्जा विकास दशकको मार्गचित्रका साथ सरकारले काम गरिरहेको भन्दै उहाले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने लक्ष्यका साथ आयोजनाहरु निर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाले उहाँले केही ठूला जलाशयुक्त आयोजना अगाडि बढाउने सोचका साथ सरकारले प्रक्रिया अगाडि बढाएकोपनि बतायनुभयो । सरकारले नलगाड जलविद्युत् आयोजनालाई सरकारले उत्तिकै महत्व दिएको र छिट्टै प्रक्रिया अगाडि बढ्ने उहाले बताउनुभयो ।

त्यस्तै उहाले कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्याउनका लागि एकीकृत कर्णाली सिँचाइ परियोजना अगाडि बढाइएको र ३० करोड बराबरको बजेट विनियोजन गरिएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्