मधेस आन्दोलन चर्किएपछि विभिन्न युनिटबाट प्रहरी खटाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । मधेस प्रदेशमा प्रदर्शन सुरु भएपछि नजिकका युनिटहरूमा कार्यरत प्रहरीलाई प्रदर्शन स्थलमा खटाइएको छ ।

बागमती प्रदेशको विभिन्न गण र तालिम केन्द्रका प्रहरीलाई मधेसमा केन्द्रित गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए।

सिरहा, सप्तरी, धनुषा, बारा र पर्सामा नजिकका युनिटहरूबाट प्रहरी पठाइएको छ । प्रधान कार्यालयका ती अधिकृत भन्छन्, ‘बागमती प्रदेशका विभिन्न युनिटका प्रहरीहरू मधेसका जिल्लाहरूमा पुगेका छन्, कुनै टोली जाँदै छन्।’

सिन्धुली स्थित दुधौली तालिम केन्द्र, विशेष प्रहरी गण ढल्केबर, रातमाटे गण, बागमती प्रदेश प्रहरी गण हेटौँडा, भरतपुर तालिम केन्द्र र सप्तरी स्थित राजविराज तालिम केन्द्रका प्रहरीलाई प्रदर्शन स्थलमा परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहलाई मधेस प्रदेशमा पठाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्