सुनचाँदीको भाउ स्थिर

खबर बुक
  • ख-
  • ख+

काठमाडौ,  २५ असार । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको भाउ फेरबदल नभएको हो।

मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो।

चाँदीको भाउ पनि मंगलबार स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ साेमबार पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमै कारोबार भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्