स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको अर्थमन्त्री महतकाे गुनाशाे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, २५ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताउनुभएको छ ।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताउनुभएको हो ।

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरुको व्यापक दुरुपयोग हुने गरेको भन्दै उहाले आफु मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताउनुभयो ।

उहाले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरुलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाँप देखिएको धारणा राख्नुभयो ।

अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी बर्षको बजेटमा देखिएको जिकिर गर्नुभयो । उहाले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताउनुभयो ।

उहाले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्