शेयर बजारमा २८ अंकको सुधार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाै‌ं, २४ असार ।  साताको सुरुको दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से २८ अंकले उकालो लागेर २ हजार ७७ कायम भयो । सबै समूहमा हरियाली छाउँदा ३ अर्बमाथिको कारोबार भयो । नजिकिंदो मौद्रिक नीति, बजारमा तरतामा सुधारलगायतका कारणले बजार सकारात्मक रहेको विश्लेषण गरिएको छ । होटल समूहमा सबैभन्दा उच्च साढें ४ प्रतिशतमाथिको बृद्धि आउँदा व्यापार समूह पनि ४ प्रतिशतले उकालो लाग्यो ।

अन्य समूह करिब ३ प्रतिशतले उकालो लाग्दा वित्त, बीमा, लगानी समूह पनि २ प्रतिशत हाराहारी प्रतिशतले उक्लिए । वाणिज्य बैंक समूहमा पनि डेढ प्रतिशतको सुधार आयो । आइतबार नेपाल स्टक एक्सचेन्जमा २ सय ८७ कम्पनीको साढें ८३ लाख कित्ता शेयर ३ अर्ब ४ करोडमा किनबेच भएको छ । आज पनि रावा इनर्जी र सीटी होटलका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्