ललिता निवास प्रकरणमा पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्छः प्रेम आले

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ असार । नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसंग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारवाही हुनुपर्ने बताउनुभएको हो ।

उक्त प्रकरणमा धेरै व्यक्तिहरुको नाम आएकाले निष्पक्ष छानविन गरि दोषी भए कारवाही गर्नुपर्ने उहाले बताउनुभयो । उहाले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भएपनि सरकारले जनतालाई दिने सेवामा ढिलासुस्ती भइरहेको जिकिर गर्नुभयो । उहाले सरकारले कामकारवाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताउनुभयो ।

पूर्वपर्यटनमन्त्री समेत रहनुभएका आलेले राज्यको सम्पती दोहन नहोस भनेर आफुले पशुपति जग्गाको बिषयमा आवाउ उठाएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्