सेयर ३९.२६ अंकले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ,  २० असार । सेयर बजारमा फेरि गिरवाट आएको छ । बिक्रेता हावी भएपछि मंगलबार बढेको बजारले बुधबार निरन्तरता पाउन सकेन ।

यस दिन नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २७७ कम्पनीको ८० लाख ९२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्